‘पहिचानको मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाऔं’

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं अधिकारको मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरेका हुन् ।
उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड’ले बागमती प्रदेशमा नेपाल (नेवारी) र तामाङ भाषालाई ‘प्रदेशको कामकाजको भाषा’ घोषणा गरे।
यससँगै प्रदेशका सबै सरकारी निकाय र प्रदेश भित्रका स्थानीय तहले समेत नेपाल र तामाङ भाषामा समेत सेवा दिनु पर्नेछ। अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड नेपाली बाहेक तामाङ र नेपाल भाषामा लेखिएको हुनेछ।
बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन- २०८० लागू भएको हो। २०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै औपचारिक घोषणा भएको हो।