कृषि व्यावसायिकरण प्रदर्शनी हुँदै

२०७१ असार ८ गते, आईतवार


काठमाडौँ । कृषि व्यावसायिकरणलाई प्रोत्साहन गर्न आजवाट राष्ट्रिय कृषि व्यावसायिकरण पर््रदर्शनी सुरु हुने भएको छ । व्यावसायिक कृषकहरुको आयोजनामा आज असार ८ र भोलि ९ गते काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुनेछ । कृषि विकास मन्त्रालयअर्न्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना -प्याक्ट)को सहयोगमा सञ्चालित २५ जिल्लाका १ सयभन्दा बढी व्यावसायिक कृषकले पर््रदर्शनीमा सहभागिता जनाउनेछन् । ‘प्रदर्शनीमा नयाँ कृषि उपज र सेवाबारे चिनारी हुने भएकाले कृषि व्यवसायी, उत्पादक, प्रशोधनकर्ता, बजारकर्ता र उपभोक्ताले फाइदा लिनेछन्,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले भने, ‘कृषिमा व्यावसायिकरणलाई उजागर, प्रवर्द्धन र विकास गर्न प्रदर्शनी उपलब्धीमूलक हुनेछ ।’ प्रदर्शनीका सयभन्दा बढी प्रदर्शन स्टलमा डेरीबाट उत्पादित कृषि उपज प्रदर्शन गरिने भएका छन् । प्रदर्शनीमा मुख्यतया खाद्यवस्तु, मह, पुष्प, कुखुरा, तरकारी, माछा, कफी, खाद्यान्न बालीका बीउ, अदुवा र च्याउलगायतका उपज अवलोकन, खरिद तथा बिक्रीको व्यवस्था गरिनेछ । उपभोक्तालाई निःशुल्क प्रवेशको व्यवस्था रहने प्रदर्शनीमा लाग्ने खर्चस्टल राख्ने व्यावसायिक कृषकबाट २५ हजारका दरले जुटाइएको आयोजकले जनाए ।
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित प्याक्टले सन् २००९ देखि सहयोग गरेका कृषक प्रदर्शनीमा सहभागी हुने बताइएको छ । ‘प्याक्टको सहयोगमा सम्पन्न योजना प्रगतिको अवस्थासमेत हेर्ने अवसरका रुपमा हामीले प्रदर्शनीलाई लिएका छौं,’ प्याक्टका कार्यक्रम निर्देशक योगेन्द्रबहादुर कार्कीले भने, ‘व्यावसायिक रुपमा उत्पादन सुरु गरेका कृषक संलग्न हुने भएकाले उत्पादक, व्यापारी र उपभोक्ताको सम्बन्ध विस्तारमा महत्वपूण हुनेछ ।’ प्रथम चरणमा २०१५ सम्मका लागि २५ जिल्लामा सुरु गरिएको प्याक्ट चालू आवदेखि ७५ वटै जिल्लामा पुगेको छ भने समयावधी २०१८ सम्म थपिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]