कम्युनिस्ट जनमतको रक्षा आजको आवश्यकता

२०८१ जेष्ठ ९ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले कम्युनिस्ट जनमतको रक्षा आजको आवश्यकता भएको ठोकुवा गरेका छन् । मंगलबार सो पार्टीको तेस्रो आवधिक योजना अन्तर्गत राप्ती गाउँपालिका कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
नेता सविन सीले इमानदार माओवादीहरुको चाहना माओवादी पार्टीहरुको एकता होस् भन्ने रहेको बताउदै भनेे–‘ केही माओवादीहरु कामै नलाग्ने गरि बिग्रेका छन् तिनको कुरा नगरौं तर इमानदार माओवादी नेताकार्यकर्ताहरुको चाहना अब विप्लवले माओवादी पार्टी हाक्नु भए हुन्थ्यो भन्नेछ । हामीले सबैका सुझाव ग्रहण गरिरहेका छौँ , आम सहिद परिवार, वेपत्ता परिवार, घाइते योद्धाहरुको चाहना जनयुद्धको अधुरो सपना पूरा होस्, विप्लवको नेतृत्वमा सबै माओवादी पार्टीहरु एकता गरि मिलेर अघि बढून् भन्ने छ । हामी नेपाली जनताका प्रतिनिधि हौं , जनताको सुझावप्रति सकारात्मक छौँ । त्यसैले अहिले हामीले माओवादी धाराकाबिचमा एकताको ढोका खुल्ला गरेका छौँ तर एकताका लागि नीति, नेतृत्व हाम्रो हुनुपर्छ भन्ने आम माओवादी नेताकार्यकर्ताको सुझाव छ । माओवादी मात्रै होइन अब नेपालका सम्पूर्ण कम्युनिस्टहरुलाई एकताबद्ध गर्दै जानुपर्छ, मुद्दा मिल्नेहरुसंग सहकार्य, विचार मिल्नेहरुसंग एकता गर्दै जानुपर्छ । कम्युनिस्ट जनमतको रक्षा आजको आवश्यकता हो ।’

नेता सविन सीले ०८४ को निर्वाचनलाई पार्टीको संघर्षको मोर्चा बनाएर प्रयोग गर्ने बताउदै भने- ‘नेकपाले चुनाव प्रयोग गर्ने भनेपछि राजनीति तरंगित बनिरहेको छ । संसदीय चुनावलाई नेपालका कम्युनिस्टहरुले परम्परागत ढंगले मात्रै बुझिरहेका छन् । यहाँका कम्युनिस्टहरुले चुनावलाई बहिष्कार र प्रयोगबाट मात्रै बुझेका छन् । प्रयोग भनेपछि चुनावबाट मात्रै सम्भव छ भन्ने अनि अन्त्यमा संशाेधनवादी बाटो हुँदै यहि संसदीय सत्तामा विसर्जन हुने खतरा छ भने अर्को फेरि बहिष्कारको नाममा क्रान्तिका ठुला कुरा गर्ने तर जनतामा जान नसक्ने वा जड , यान्त्रिक बन्ने खतरा पनि छ । तर हाम्रो पार्टीले चुनावलाई हेर्ने दृष्टिकोण बदलेकाे छ । आजको दुनियाँमा चुनावलाई कार्यनीति र रणनीतिको मात्रै विषय नबनाएर यसलाई क्रान्तिको समग्र मोर्चाको रुपमा बुझ्नुपर्दछ । त्यसैले पार्टी नेताकार्यकर्ता कोहिपनि भ्रमित हुनुपर्दैन चुनावलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा प्रयोग गर्नुपर्दछ ।’

नेता सविन सीले अब जनताले संसदवादीहरुको दिनदिनैको झगडा हेरेर नबस्ने बताउदै भने- ‘ दिनदिनै संसदवादीको झगडा देखेर नेपाली जनता वाक्कदिक्क भइसकेका छन् । अहिले संसदमा भइरहेको तान्डव हेर्नुस् त, के हो यो ? यहि कुकुर झगडाका लागि जनताले जिताएर पठाएका हुन् त ? यी संसदवादीहरु रातदिन विदेशी मालिकको सेवा गर्दै देश बेच्न बाहेक अरु जानेका छैनन् । अब जनता यो झगडा हेरेर बस्नेवाला छैनन् । हामीले भनेको सहि सावित भएन त ? यो व्यवस्था चल्दैन भनेका थियौँ , आज घाम जत्तिकै छर्लङ्ग भएको छ । हामीले समस्याको समाधान पनि दिएका छौँ । यो संसदीय व्यवस्थाले जनताको प्रतिनिधित्व गर्न सक्दै सकेन अब समाजवादमा जाऔँ ।’
उक्त बैठकमा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ का इन्चार्ज पाटन जंगली सीले विश्वभरी आतंक मच्चाइरहेको अमेरिकी साम्राज्यवादले नेपालमा पनि शान्ति भाड्न अनेकौं षड्यन्त्रका तानाबाना बुनिरहेकाले त्यसको प्रतिरोध गर्न सबै कम्युनिस्ट, समाजवादीहरु एकताबद्ध हुने बेला आएको बताए ।
यस्तै बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. १ इन्चार्ज विक्रम सीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्ने बेला भएको बताए ।
बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले तेस्रो आवधिक योजनाको मर्म अनुसार जनताको बिचमा पुग्न पार्टी कमिटीलाई निर्देशन दिए ।
यस्तै मंगलबार राप्ती – ५ पहरुवामा बसेको बैठकले पार्टीको जिल्ला समितिको पूर्ण बैठकले लिएका महत्वपूर्ण एवम दीर्घकालीन निर्णयहरु अक्षरंस पालना गर्ने निर्णय गरेको नेकपा राप्तीका इन्चार्ज सुरज सीले जानकारी दिए ।
बैठकले अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन , चोरी , पैठारी , लागुऔसधको कारोबारो , पालिकामा भइरहेका भ्रष्टाचार , अनियमितता विरुद्ध शसक्त जनसंघर्ष गर्ने निर्णय गरेको जनाइएको छ । साथै मिटरव्याज पीडित , लघुवित्त पिडित नागरिकका पक्षमा समेत संघर्ष गर्ने निर्णय गरेको छ ।
बैठकले राप्तीमा समाजवादका पक्षमा भित्तेलेखन गर्ने , पालिकामा राजनीतिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने , सबै तहका कमिटीहरु गठन/पुनर्गठन गर्ने निर्णय गरेको नेकपाले जानकारी दिएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका सिसिएम एवम दाङ क्षेत्र नं. १ इन्चार्ज विक्रम सी , पार्टीका सिसिएम एवम दाङ क्षेत्र नं. २ इन्चार्ज पाटन जंगली सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका राप्ती गाउँकमिटीका इन्चार्ज सुरज सीको आतिथ्यता रहेको थियो ।
बैठकको अध्यक्षता एवम सञ्चालन पार्टीका राप्ती गाउँकमिटीका सेक्रेटरी अदिप सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु