सूर्य नेपालको गोदाममा आगलागी

२०७१ असार ११ गते, बुधबार

काठमाडौँ, ११ असार। कास्कीको लेखनाथमा रहेको सूर्य नेपाल प्रालीको चुरोटको गोदाममा आगलागी भएको छ । लेखनाथ-५ शान्तिनगर मार्गमा रहेको सूर्य नेपालको चुरोट गोदाममा आगलागी हुँदा ४० ट्रक चुरोट जलेर नष्ट भएको छ ।आगलागीको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आगलागीबाट ३ करोड भन्दा बढी क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ । गएराति २ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।आगलागी नियन्त्रण प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु