नयाँ विकास सहायता नीति सार्वजनिक हुदै

२०७१ असार १३ गते, शुक्रबार

काठमाडौ, १३ असार । सरकारले पुरोनो वैदेशिक सहायता नीतिलाई प्रतिस्थापन गर्दै आज नयाँ विकास सहायता नीति सार्वजनिक गर्ने भएको छ ।
बाह्र वर्ष पुरानो वैदेशिक सहायता नीतिलाई ‘विकास सहायता नीति’ नामकरण गरी त्यसमा सामयिक परिमार्जनसहित नयाँ नीति सार्वजनिक गर्न लागिएको हो ।
वैदेशिक सहायताको प्रभावकारी परिचालन, निर्धारित लक्ष्य प्राप्ति तथा सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा विकासका साझेदारको सहयोगको अधिकतम उपयोगमा केन्द्रित नयाँ नीतिले नेपालको आर्थिक–सामाजिक विकासका साझेदारका चासो र चिन्तालाई सम्बोधन गर्ने दाबी गरिएको छ ।
समान प्रकृतिका परियोजना एकै क्षेत्रमा सञ्चालन नगर्ने, दातृ निकायले सोझै अुनदान वा ऋण सहायता कार्य क्षेत्रमा उपयोग नगर्ने, एकद्वार प्रणालीअन्तर्गत सहायता परिचालन गर्नुपर्नेलगायत विषय नयाँ नीतिले समेटेको छ ।
अर्थमन्त्री डा रामशरण महतले सार्वजनिक गर्ने उक्त नीति वैदेशिक सहायता परिचालन तथा त्यसको प्रभावकारिता सुनिश्चिततासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिबद्धताअनुरूप रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु