सी जातिलाई कानुनी मान्यता दिन माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्रीलाई २० हजार हस्ताक्षर हस्तान्तरण

२०८१ जेष्ठ २३ गते, बुधबार


काठमाडौँ । युवा संगठन नेपाल बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मर कट्टेललाई २० हजार हस्ताक्षर बुझाएको छ । मंगलबार संगठनले सी जातिलाई कानुनी मान्यता दिन दबाब दिने उद्येश्यले संकलित हस्ताक्षर मुख्यमन्त्रीका स्वकीय सचिव विजय बुर्लाकोटीमार्फत बुझाएको हो । जेठ १५ देखि १८ गतेसम्म जिल्लामा चलेको अभियानबाट संकलित हस्ताक्षर र ज्ञापनपत्र मंगलबार युवा संगठन नेपाल केन्द्रीय सचिव अनिल सीको नेतृत्वमा गएको टोलीले हस्ताक्षर बुझाएको हो । हस्ताक्षर बुझाउने क्रममा सचिव अनिलले सी जातिको बारेमा व्याख्या गरेका थिए ।
युवा संगठनकै तर्फबाट केन्द्रीय सचिव अनिल सीको नेतृत्वमा हस्ताक्षर बुझाउन पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वाटर सी, केन्द्रीय सचिवालय सदस्य बासु सी, अशोक सी संगठनका केन्द्रीय सदस्यहरु सुमित सी, सन्तोष सी, पारस सी लगायत नेता कार्यकता हस्ताक्षर संकलन र ज्ञापनपत्र लिएर मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

उक्त टोलीले युवा संगठन नेपाल बागमती प्रदेशका इन्चार्ज विश्लेषण सीद्वारा हस्ताक्षरित सी जातिलाई कानुनी मान्यता दिन माग गर्दै ज्ञापन पत्रसमेत बागमती प्रदेशका मुख्य मन्त्रीलाई बुझाएको थियो । जुन यस प्रकार रहेको छ – ‘नेपाली युवाहरुको जुझारु एवं गौरवशाली संगठन, युवा संगठन नेपालको पाचौं केन्द्रिय समितिको दोश्रो पुर्ण
बैठकको महत्वपुर्ण निर्णय अनुसार जेठ १५-  १८ गतेसम्म सी जातिलाई कानुनी मान्यता दिन देशैभरी संगठनले हस्ताक्षर अभियान संचालन गन्यो । देशैभरी नागरिकहरु उत्साहाका साथ हस्ताक्षर अभियानमा सहभागी भए । संगठनको योजना अनुसार सात ओटै प्रदेशका माननीय मुख्यमन्त्री र सम्माननिय प्रधानमन्त्रीलाई हस्ताक्षर सहित संगठनले ज्ञापनपत्र बुझाउने कार्यक्रम भएको हुदा नागरिकहरुको हस्ताक्षर र संगठनको ज्ञापनपत्र सहित हामी उपस्थित भएका छौँ ।
विश्व र नेपालमा वबर्णभैद, रंगभेद र जातिभैदले अमानविय कार्यहरु दिन प्रतिदिन बढिरहेका छन र एक मानवले अर्को मानवलाई शोषण गर्नका लागि जाती बनाई घित, कलंकित र अमानवीय कार्य भइरहदा हामि कम्युनिस्ट युवाहरुलाई सहनिय कार्य हुन सक्तैन । मानव जाती एउटै जाती हो भन्नेमा समान बुझाई र मान्यता स्थापित गर्नु राज्य र सरकारको कर्तव्य हो सम्पुर्ण उत्पिडनका जंजिरहरुलाई भत्कायर मानव जातीलाई पृथ्वीमा सुन्दर सपनासहित, समान रुपले बाच्न पाउने अधिकार सुनिश्चित गर्नु हामी राजनैतिक चेत भएका भौतिकवादीहरुको कर्तव्य हो । सी जाती समान साम्य जाती हो र सभ्यता हो एक मानवले अर्को मानवलाई गर्ने शोषणको अन्त्य पनि हो ।
नेपालमा भइरहेका जातिय उत्पिडनहरुको समाधान सी जाती वाट मात्र संभव हुने छ । सी जातिलाई कानुनी मान्यता दिन निम्न बुदालाई ध्यान दिई आवश्यक काम अगाडि बढाउन सरकार संग माग गर्दछौं ।
१) नेपालको संविधानको धारा १२ ले बशिय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता प्राप्त गर्ने सकिने व्यवस्था गरेको छ यस धारामा व्यक्तिले इच्छाएको थर राख्न सक्नेछ भन्ने व्यवस्था राखी संसोधन गरियोस ।
२) नेपालको संविधानको धारा १३ ले “नागरिकताको प्राप्ति, पुन: प्राप्ति र समाप्ति सम्बन्धि अन्य व्यवस्था संघीय कानुन बमोजिम हुनेछ’ भन्ने व्यवस्था गरेको छ । सोही धारा वमोजिम नेपाल नागरिकता ऐन २०६३ कोदफा ८ कमा “आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर ठेगाना राख्न पाउनेछ’ भन्ने व्यवस्थालाई संसोधन गरि “आमा वा बाबू वा निजले सामाजिक रुपमा मानिसहरुको विचमा समानता कायम गर्ने उद्धेश्यले इच्छाएको थर वा कुनै अक्षर राख्न पाउनेछ’ भन्ने कानुनी व्यवस्था गरियोस ।’

प्रतिक्रियाहरु

[anycomment]