आज असार १५ अर्थात दहीचिउरा खाने दिन

२०७१ असार १५ गते, आईतवार


काठमाडौँ ,१५ असार। आज असार १५ अर्थात दहीचिउरा खाने दिन । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने चलन प्रचलन छ ।नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ ।
यसैगरी आज असार १५ गते राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण’ भन्ने नाराका साथ धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक वर्ष धान दिवस मनाइँदै आएको छ । धान दिवसका अवसरमा आइतवार ललितपुरको खुमलटारमा विशेष कार्यक्रम आयोजना गरिएको कृषि मन्त्रालयले जनाएको छ ।नेपालमा करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ । कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ । हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु