मेडिकल काउन्सिलले स्नातकोत्तर भर्नाको शुल्क नलिने

२०८१ असार २१ गते, शुक्रबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले स्नातकोत्तर भर्नाको शुल्क नलिने भएको छ। चिकित्सा शिक्षा स्नातकोत्तर पढाउने कलेज तथा प्रतिष्ठानहरूले अब भर्नावापत् काउन्सिललाई शुल्क बुझाउनु नपर्ने भएको छ । काउन्सिलले २०८१ जेठ २१ गते गरेको निर्णय आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने भएको हो ।
स्नातकोत्तरका एमडी, एमएस, एमडीएस वा सो सरहको तहमा विद्यार्थी भर्नावापत्को शुल्क नलिने काउन्सिलले जनाएको छ । विदेशी विद्यार्थीको हकमा स्नातकोत्तर वा सोभन्दा माथिको दर्ता शुल्क ‘पीजी इन्रोल्मेन्ट’ भने लिइने काउन्सिलले जनाएको छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार