बीमा समितिका कर्मचारी आन्दोलित

२०७१ असार १८ गते, बुधबार

काठमाडौं ,१८ असार । बीमा समिति कर्मचारी संघले बुधबारदेखि तीन दिनसम्म कार्यालयको काम ठप्प पार्ने घोषणा गरेका छन् । संघले राखेका १३ बुँदे मागको व्यवस्थापनले पुरा नगरेपछि कामकाज नै ठप्प र्पान लागेको संघका अध्यक्ष शम्भुप्रसाद मिश्रले जानकारी दिए ।संघले बुधबार, विहीबार र शुक्रबार विहान १० देखि १ बजेसम्म र १:३० बजेसम्म काम ठप्प पार्ने अध्यक्ष मिश्रले बताए । यसअघि गरेका दुई चरणको आन्दोलनबाट पनि व्यवस्थापनले माग सम्बोधन नगरेको उनले बताए । संघले पहिलो चरणको कार्यक्रम अन्तर्गत असार ९ गतेबाट हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएको थियो ।
संघले कर्मचारी सेवा सर्त विनीयमावली २०६८मा भएका व्यवस्था पूर्णरूपमा लागू हुनुपर्नेफ बीमा एेन २०४९ र बीमा नियमावली २०४९ परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्नेलगायतका १३ बुँदे माग राखेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु