चितवनमा हात्ती आतंक
काठमाडौँ ,१९ असार । चितवनको माडीमा फेरी हात्ती आतंक शुरु भएको छ । गएराति चितवन राष्ट्रिय निकुञ्जबाट आएको एउटा जंगली हात्तीले गर्दी गाउँ विकास समिति अमिलीयाका सुकबहादुर श्रेष्ठ र होमबहादुर परियारको घर भत्काएको छ ।
घरमा रहेका सबै अन्न खाएर नष्ट गरेको छ । हात्ती आएपछि घरमा रहेकाहरु भने भागेर ज्यान जोगाएको स्थानीय भीमबहादुर बिकले जानकारी दिएका छन् । हात्ती बिहान ४ बजे निकुञ्ज तर्फनै फर्किएको छ । निकुञ्जभित्र हात्तीलाई खानाको अभाव भएपछि जंगली हात्ती बस्तिमा प्रवेश गरेर जनधनको क्षति गर्दै आएको छ ।