त्रिविमा स्थगित उपप्रध्यापकको लिखित परीक्षा हुँदै

२०८१ श्रावण २ गते, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको २०७७ सालदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो ।
प्रथम चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा संचालन हुने सेवा आयोगले सूचना जारी गरेको छ । अन्य संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका प्रकाशित गरिने आयोगले जनाएको छ । तालिका आयोगको वेवसाइटमा प्रकाशित हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार