अफगानिस्तानमा बाढी : ४० जनाको मृत्यु, ३ सय बढी घाइते

काठमाडौँ । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण ४० जनाको मृत्यु भएको छ भने ३ सय बढी घाइते भएका छन् । अफगानिस्तानको स्वास्थ्य मन्त्रायलको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्त बढी प्रभावित भएको जनाएको छ । बाढी प्रभावित हजारौं नागरिक विस्थापित भएका छन् । विस्थापित परिवारले उचित राहतको व्यवस्था नगरेको भन्दै अफगान सरकारको विरोध गरेका छन् ।
यसैगरी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग डुबानमा पर्दा त्यहाँका बासिन्दाको बिचल्ली भएको छ । बाढी प्रभावित क्षेत्रहरुमा सयौं उद्धारकर्र्मीहरु परिचालन गरिएको छ । -एजेन्सी