लोडसेडिङ घट्यो (तालिका सहित)

२०७१ असार २० गते, शुक्रबार


काठमाडौ, २० असार । नेपाल बिद्युत प्राधिकरणले भोलिदेखि लोडसेडिङ घटाउने भएको छ । प्राधिकरणले जारी गरेको सूचना भोलिदेखि लागू हुने जनाएको छ ।नयाँ तालिका अनुसार भोलिदेखि हप्तामा ४ दिन ७ घण्टा दुई दिन साढे ६ घण्टा र एक दिन ६ घण्टा बिजुली कटौती हुने छ । अहिले सातामा साढे ५५ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब ४७ घण्टा मात्रै बत्ती जाने छ ।नदीमा जलस्तर बढेर विद्युत गृहहरुले क्षमता अनुसार उत्पादन गर्न थालेपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो ।वर्र्षयाममा पनि माग अनुसार आपुति हुन नसक्दा लोडसेडिङ भने सधैं कायम रहने प्राधिकरणले प्रष्ट पारेको छ ।
तालिका:

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु