एमालेको बन्द सत्रमा दुईवटा प्रतिवेदन पेश हुँदै

२०७१ असार २२ गते, आईतवार


काठमाडौँ ,२२ असार । नेकपा एमालेको जारी नवौँ महाधिवेशनको बन्द सत्रमा आज दुईवटा प्रतिवेदन पेश हुँदै छन् । भृकुटीमण्डपमा चार दिन यता जारी महाधिवेशनको बन्द सत्रमा आज केन्दीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको प्रतिबेदन पेश हुने प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले जानकारी दिए ।
बन्द शत्रमा प्रतिवेदन पेश भएपछि समूह बिभाजन र छलफलको काम अघि बढ्नेछ । यसअघि शनिवारको बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र संगठन बिभाग प्रमुख युवराज ज्ञवालीले बिधान संशोधनको प्रस्ताव पेश गरेका थिए ।
खनालले एमालेले नेपाली काँग्रेससंग सहकार्य र प्रतिस्प्रर्धाको नीति अंगिकार गर्ने उल्लेख गरेका छन् । उनले मुलुक पुँजिवादको प्रारम्भिक चरणमा प्रवेश भईसकेको भन्दै प्रस्तावमा जनताको बहुदलीय जनबादका आधारमा पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरुलाई संस्थागत गर्दै आर्थिक सामाजिक रुपान्तरणसहित राष्ट्रिय पुँजीको बिकास गर्ने उल्लेख गरेका छन् ।
महाधिवेशनबाट केन्द्रीय कमिटी १ सय ४९ सदस्यीय बनाउने र पदाधिकारीको संख्या बढाएर १५ पुर्‍याउने प्रस्ताव उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार