एमालेको महाधिवेशन लम्बिने

२०७१ असार २५ गते, बुधबार

काठमाडौ, २५ असार। आज सकिने भनिएको नेकपा एमालेको नवौं महाधिवेशन अझै लम्बिने भएको छ ।केही प्रतिवेदन पारित हुन बाँकी रहेको र निर्वाचन प्रक्रिया सुरु नभएकाले महाधिवेशन अझै केही दिन लम्बिने भएको हो ।काठमाडौको भृकुटीमण्डपमा गएको १९ गते सुरु भएको महाधिवेशनमा विधान संशोधन सहित अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन टुंगो लगाउन बाँकी नै छ । विधान संशोधन सम्बन्धी प्रतिवेदनमा उल्लेख १५ पदाधिकारी सहित १ सय ४९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नुपर्ने प्रस्तावमा नेताहरुबीच विवाद छ ।
समूहगत छलफलको क्रममा धेरै प्रतिनिधिले जम्बो कमिटी गठन गर्न नहुने सुझाव दिएपछि सहमतिको लागि शीर्ष नेताहरु छलफलमा जुटेका छन् । पहिले शीर्ष तहमा सहमति जुटाएरै मात्र विधान संशोधन प्रस्ताव पारित गर्ने तयारी छ । पार्टी अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन भने मंगलबार पारित भएको छ ।
सबै प्रतिवेदन पारित भएपछि मात्र निर्वाचन प्रक्रिया सुरु हुनेछ । नयाँ नेतृत्वको लागि बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली प्यानल सहित प्रतिष्पर्धामा उत्रिसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार