पत्रकारको हत्यामा संलग्नलाई जन्मकैद

२०७१ असार २५ गते, बुधबार


काठमाडौ, २५ असार। झापाको विर्तामोडस्थित बसपार्कमा २०६८ साल चैत २१ गते हत्या गरिएका झापाका पत्रकार यादव पौड्यालको हत्यामा संलग्न तीन जनालाई पुनरावेदन अदालत इलामले जन्म कैदको सजाय सुनाएको छ ।
न्यायधिश द्धय उदयप्रकाश चापागाईं र गुणराज ढुङ्गेलको संयुक्त इजलाशले पौड्यालको हत्यामा संलग्न झापाकै युवराज गिरी, फूलमाया भनिने मञ्जु ढकाल (कार्की) र सोमनाथ ढकाललाई जन्म कैदको सजाय सुनाइएको पुनरावेदन अदालत इलामले जनाएको छ ।
अदालतले हत्यामा संलग्न ठह¥याइएका मदन राईलाई भने ६ महिनाको कैद सजाय सुनाएको छ । मोरङ सिजुवा घर भएका ३८ वर्षीय पत्रकार पौड्याल राजधानी दैनिक र एभिन्युज टेलिभिजनका झापा सम्वाददाता थिए ।

प्रतिक्रियाहरु

[anycomment]