एकीकृत जनक्रान्ति साम्राज्यवाद र दलाल पुँजीवादबिरुद्धको क्रान्ति

२०८१ भाद्र १ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले एकीकृत जनक्रान्ति साम्राज्यवाद र दलाल पुँजीवादबिरुद्धको क्रान्ति भएको ठोकुवा गरेका छन् । बिहिबार नेपाल कम्युनिस्ट पार्टी काठमाडौँको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।


उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीद्वारा संचालित एकीकृत जनक्रान्तिको वर्तमान अवस्थाबारे जिल्ला समितिलाई प्रष्ट्याउदै एकीकृत जनक्रान्तिको विकास नेपाली मौलिकतामा भइराखेको र राष्ट्रिय राजनीतिलाई प्रभावित गर्दै गइरहेको बताए। उनले दलाल पुँजीवादले पैदा गरेको राष्ट्रिय संकटको समाधान नेपाली विशेषताको समाजवादवाट मात्र दिन पार्टीले माओवादीधारको ध्रुविकरण एबम् क्रान्तिकारी एकीकरण र नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी ध्रुविकरण एबम् एकिकरणको बिचार अगाडि सारेको बताए।


प्रवक्ता प्रकाण्ड सीले देश र जनताले सामना गरिराखेको साम्राज्यावादी हस्तक्षेप र दलाल पूंजीवादको अत्याचारका कारण जनआक्रोश जुनसुकै बेला बिष्फोट हुने प्रवल सम्भावनालाई बिशेष ध्यान दिंदै २०८४ सालको चुनाबी मोर्चाको सामाना गर्न पार्टी पंक्तिले आफुलाई सुदृढ गर्न र जनसम्बन्ध सुमधुर बनाउन निर्देशन समेत दिए । उनले पार्टी पंक्तिमा क्रान्ति र जिम्मेवारीबारे प्रष्टता ल्याउन आफु बैठकमा उपस्थित भएको बताउदै संगठनलाई सुदृढ एबम् बिस्तार गर्न निर्देशन दिए ।


यसैगरी, प्रवक्ता प्रकाण्ड सीले अमेरिकी साम्राज्यवादी हस्तक्षेप र दलाल पुँजीवादीहरुको राष्ट्रघात, भ्रष्टाचार , तस्करी, मानब बेचबिखन र कमिसनको दुस्चक्रका बिरुद्ध जनसंघर्ष सशक्त बनाउन निरेशन दिए । उनले उत्पादनमा बर्षेबालीको रेखदेख र हिउँदेवालीको तयारी गर्न निर्देशन समेत दिए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले पार्टीको काँधमा नेपाली क्रान्तिको ऎतिहासिक जिम्मेवारी आएको बताउदै त्यसलाई पुरा गर्न सिङ्गो पार्टी पंक्तिलाई तयार रहन अपिलसमेत गरे ।


नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा काठमाडौँ जिल्लाका इन्चार्ज माइला सीको अध्यक्षतामा सम्पन्न उक्त बैठकको संचालन केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्लाका सेक्रेटरी चिरन्जीवी सीले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]