माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दै

२०७१ असार २८ गते, शनिबार


काठमाडौं, २८ असार । नेकपा माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ । पार्टी कार्यालय बुद्धनगरमा विहान ११ बजेपछि सुरु हुने विस्तारित केन्द्रीय समितिको वैठकमा केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्यमात्रै सहभागी रहेकोमा विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यहरूसमेत सहभागी हुने छन् ।
माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्द विप्लवले फरक प्रस्ताव पेस गरेपछि थप छलफलका लागि विस्तारित बैठक बोलाइएको हो ।
गत असार १८ देखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गरेकोमा त्यसमा असहमति जनाउँदै सचिव चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’को कार्यदिशाको प्रस्ताव पेस गरेका छन् ।
तर अध्यक्ष वैद्यको प्रस्तावमा असहमति जनाउँदै सचिव चन्दले अब विद्रोहको सम्भावना न्युन हुँदै गएकाले पार्टीले जनसरकार, जनअदालत गठन गर्दै जनयुद्वको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेस गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार