एमाले निर्वाचनको मतगणना सुरू हुदै

२०७१ असार २८ गते, शनिबार


काठमाडौँ ,२८ असार। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अपरान्ह ३ बजेबाट मात्र सुरू हुने भएको छ । मतपेटिकाहरू दशरथ रंगशालाको कभर्ड हलमा पुर्याउने काम भइरहेको छ ।दिउँसो १ बजेबाट मतगणाना सुरू हुने भनिएको थियो । तर, तयारी नपुगेपछि ३ बजेका लागि सारिएको निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिए ।
प्यासीका अनुसार सुरुमा पदाधिकारीको मात्रै मतगणना गरिने छ । पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्य र केन्द्रीय आयोगको मतगणना एकै साथ सुरु गरिनेछ । शुक्रबार बेलुकी साढे ५ बजेबाट सुरु भएको मतदान शनिवार विहान ३ बजे सकिएको थियो ।
कूल दुई हजार १ सय ७६ प्रतिनिधि रहेको २१ सय ५४ जना प्रतिनिधिले मतदान गरेका थिए । मतदान प्रक्रियामा २२ प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । कुल १५९ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षका प्रत्यासी माधव कुमार नेपाल र नेता केपी शर्मा ओली समूहले सबै पद प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै केन्द्रीय र वैकल्पिकमा गरी १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।यस्तै केन्द्रीय निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासान आयोगका पदाधिकारीको पनि निर्वाचन एकैसाथ गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार