सुनको मूल्य घट्यो !

२०८१ कार्तिक २० गते, मंगलवार

काठमाडौँ । सुनको मूल्य तोलामा २९०० घटेको छ । गत बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार १०० रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रति तोला १ लाख ६८ हजार २०० रुपैयाँमा झरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा पनि मूल्य घटेको हो । चाँदीको भाउ तिहारपछि तोलामा ६० रुपैयाँ घटेको छ । गत बिहीबार प्रतितोला २०९० रुपैयाँ रहेको चाँदी आज २०३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डिमासालाई ५१ हजार जरिवाना !

२०८२ जेष्ठ २९ गते, बुधबार

नेप्से २५.०७ अंकले बढ्यो

२०८२ जेष्ठ २८ गते, मंगलवार

महँगी दर १.६३ प्रतिशतले घट्यो

२०८२ जेष्ठ २८ गते, मंगलवार