ट्रम्पद्वारा सुजान विल्सलाई चिफ अफ स्टाफको जिम्मेवारी

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको टिम बनाउन शुरु गरेका छन । यसैक्रममा उनले आफ्नो चुनावी अभियानका मुख्य सल्लाहकार सुजान विल्सलाई चिफ अफ स्टाफको जिम्मेवारी दिएक छन् ।
अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी छ । मत गणना सकिएपछि औपचारिक परिणाम घोषणा गर्न समय लाग्ने भएपनि जित निश्चित भइसकेकाले ट्रम्पले आफ्नो टिम बनाउन थालेका हुन् ।
आगामी जनवरी २० तारिखमा ट्रम्पले शपथ ग्रहण गरेपछि उहाँको दोस्रो कार्यकाल शुरु हुनेछ । चुनावी अभियानका मुख्य हर्ताकर्ताहरुले नैं ट्रम्पको टिममा ठाउँ बनाउने निश्चित छ ।