श्रम स्वीकृति प्राप्त नेपालीलाई भारतबाट जाँदा एनओसी नचाहिने

२०८१ कार्तिक २७ गते, मंगलवार


काठमाडौँ । दिल्लीस्थित दूतावासले एक सूचना जारी गर्दै श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानेहरूलाई ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने जनाएको छ । ‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी लिन पर्नेछैन,’ सूचनामा उल्लेख छ । साथै अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भीसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ ।
त्यस्तै श्रम स्वीकृति नभई साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमान, बहराइन, इराक, लिबिया, र लेबनन जानेलाई भने एनओसी जाने दूतावासले जनाएको छ । रूसमा छात्रवृत्ति वा व्यापार भिसामा जानेहरूले पनि एनओसी लिनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु