स्पेनमा भारी वर्षा र बाढी !

काठमाडौँ । स्पेनको राष्ट्रिय मौसम कार्यालय एमेटले दक्षिणी भेगमा लगातारको वर्षा र बाढी आएको जानेको छ । वर्षा र बाढीका कारण मालागा क्षेत्रका हजारौं मानिस विस्थापित भएका छन् । एमेटले मालागा र उत्तरपूर्वी क्याटालोनिया क्षेत्रमा शुक्रबारसम्म बलियो वर्षाको संभावना देखिएकोले उच्च सतर्कतामा राखेको छ । मालागाको पर्यटकीय क्षेत्रहरु मार्बेला, भेलेज र एस्टेपोना डुबानले प्रभावित भएका छन् ।
पूर्वी भ्यालेन्सिया क्षेत्रका केही भागहरूलाई पनि उच्च सतर्कतामा राखिएको छ । उक्त क्षेत्रमा तीन हप्ताअघि आएको बाढीले दुई सयभन्दा धेरैको ज्यान लिएको थियो ।
उत्तर–पूर्वी स्पेनको क्याटालोनियामा १२ घण्टामा १८० मिलिमीटर वर्षा हुनसक्ने तथा तारागोना नजिकैको तटीय क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । मलागाका विद्यालयहरू बन्द गरिएका छन् । – एजेन्सी