विश्व मधुमेह दिवस मनाइँदै

२०८१ कार्तिक २९ गते, बिहीबार


काठमाडौँ । आज १४ नोभेम्बर अर्थात विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो । ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसको सन्दर्भ पारेर गत शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रमहरु गर्दै आएका छन् ।
नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायका बारेमा जनचेतनामूलक सन्देश दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
चिकित्सकहरुका अनुसार पछिल्लो समय नेपालमा मधुमेहका बिरामीको संख्या अत्यधिक बढेको छ । विशेष गरी बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूह यसको जोखिममा परेका छन् ।
मधुमेह हुनबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्न र शारीरिक रुपमा क्रियाशील रहि मधुमेहको जोखिम कम गर्न सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ ।
मधुमेहका बिरामीले स्वास्थ्य उपचारमा ध्यान नदिए मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्वपूर्ण अंगहरुमा असर पुग्ने चिकित्सक बताउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार