अखिल समाजवादीद्वारा प्यालेस्टाइनी बालबालिकामाथि भइरहेको आक्रमणविरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) गोरखाले प्यालेस्टाइनमा बालबालिकामाथि इजरायलद्वारा भइरहेको आक्रमणविरुद्ध प्रदर्शन गरेको छ । अखिल (समाजवादी) गोर्खाले ‘ हामी विश्व शान्तिको पक्षमा छौं, अमेरिकी विश्व आतंक बन्द गर, प्यालेस्टाइनी बालबालिकामाथि भइरहेको अमेरिकी इजरायली आक्रमण बन्द गर, अखिल (समाजवादी) गोरखा जिन्दावाद’ लगायतको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भीषण सीले आफुहरु विश्व शान्तिको वकालत गर्दै सडकमा उत्रेको बताए । त्यसैगरी सङ्गठनले प्यालेस्टाइनी विद्यार्थीहरुको सहयोगको लागी राहत तथा सहयोग संकलन अभियान पनि सुरु गरेको जिल्ला नेता अञ्जन श्रेष्ठले जानकारी दिए ।