ट्रम्पद्वारा २७ वर्षीया क्यारोलिनलाई प्रेस सचिवमा नियुक्त

२०८१ मंसिर १ गते, शनिबार

काठमाडौँ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २७ वर्षीया क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सचिवमा नियुक्त गरेका छन्। हाल आफ्नो प्रवक्ता समेत रहेकी लेभिटलाई ट्रम्पले प्रेस सचिव बनाएका हुन्।
ट्रम्पले विज्ञप्तिमार्फत क्यारोलिनको प्रशंसा गर्दै भनेका छन्- ‘क्यारोलिन लेभिटले मेरो ऐतिहासिक अभियानमा राष्ट्रिय प्रेस सचिवको रूपमा अभूतपूर्व काम गरिन्। उनलाई ह्वाइट हाउसको प्रेस सचिवको रूपमा घोषणा गर्न पाउँदा म खुसी छु। क्यारोलिन स्मार्ट, कडा र अत्यन्त प्रभावकारी सञ्चारकर्मीको रूपमा प्रमाणित भइन्।’
पहिलो कार्यकालमा ट्रम्पका चार प्रेस सचिवहरू थिए, जो पत्रकारसँगको झगडालु स्वभावका कारण चर्चामा रहेका थिए। लेभिट ट्रम्पको कट्टर समर्थक हुन्। उनले टेलिभिजन अन्तर्वार्ताहरूमा आक्रामक रूपमा रिपब्लिकनहरूको बचाव गर्दै आएकी छिन्। ट्रम्पको पहिलो कार्यकालमा, लेभिटले ह्वाइट हाउसको प्रेस अफिसमा काम गरेकी थिइन्। उनीसँग न्यूयोर्क रिपब्लिकन प्रतिनिधि एलिस स्टेफानिकको सञ्चार निर्देशकको रूपमा काम गरेको अनुभव पनि रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]