धरहरा बन्द !

२०८१ मंसिर २ गते, आईतवार


काठमाडौँ । सर्वसाधारणका लागि खुला गरिएको धरहरा बन्द भएको छ । सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले लिफ्ट बिग्रिएपछि धरहरा बन्द गरिएको बताए ।
२०७२ को भूकम्पले ढलेपछि २०७५ सालदेखि धरहराको पुर्ननिर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पनि निर्माण पूरा नभई गत असोज ३ गते संविधान दिवसको दिनबाट सञ्चालनमा ल्याइएको थियो । तत्काल परीक्षणका लागि खुला गरिएको धरहरामा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरिएको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो । हालसम्म २५ हजार ७४२ जना धरहरा चढेको तथ्यांकमा उल्लेख छ ।
यसैबीच, सरकारले अब शुल्क तोकेर मात्र धरहरा सञ्चालन गर्ने तयारी गरेको छ। विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले बनाएको ९ तले धरहरा २०७२ सालको भूकम्पले भत्किएपछि सरकारले पुनर्निर्माण गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु