आज साउने संक्रान्ति
काठमाडौँ ,१ साउन। आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा आज साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ ।
आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरिर सफा राखी किसानहरु लुतो फाल्ने गर्दछन् ।कागती, अम्वा, अनार नास्पाती, आदी फलफुल चढाई कण्डारक नामक राक्षसको पूजा गर्नाले लुतो, खटिरा जस्ता चर्मरोगको प्रकोपबाट वच्न सकिने विश्वास रहिआएको छ ।