नेकपाले भोलि (शनिबार) बृहत -यालीसहितको जनसभा गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भोलि (शनिबार) भृकुटीमण्डपमा भब्य जनसभा गर्ने भएको छ । सो पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसको अवसरमा भोलि भब्य जनसभा गर्ने जनाएको छ ।
सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले मङ्सिर ८ गते श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिस्ट पार्टी पूनर्गठन भएको उल्लेख गर्दै पार्टी पूनर्गठन दिवसको अवसर पारेर बृहत् प्रदर्शनसहित सभा गर्न लागेको बताए । उनले नेकपा पूनर्गठन भएको दिनलाई ऐतिहासिक दिनको रूपमा स्मरण गर्दै मङ्सिर ८ गते विशेष दिन भएको भन्दै उत्सवको रुपमा मनाउन लागिएको बताउदै भोलि मध्यान्ह १२ बजे काठमाडौँमा हुने बृहत -यालीसहितको जनसभामा सम्पूर्ण तह र तप्काका जनसमुदायलाई सहभागिता जनाउन हार्दिक अपिल समेत गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीका अनुसार राष्ट्रिय स्वाधिनताको रक्षाका लागि संघर्ष गरौँ , नेपाली विशेषताको समाजवाद स्थापना गरौ भन्ने मूल नाराका साथ हुन लागेको उक्त बृहत् प्रदर्शनसहितको जनसभाको मुख्य वक्ताका रुपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी रहने छन् ।
