स्थानीय तहको उपनिर्वाचन सुरु

काठमाडौं । आज बिहान ७ बजेदेखि स्थानीय तहको उपनिर्वाचन सुरु भएको छ । आज मुलकभर स्थानीय तहका रिक्त ४१ पदहरुका लागि निर्वाचन हुँदैछ । जसमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।
४४ पदहरुमा पद रिक्त भएपनि कैलाली र ओखलढुंगाको जिल्ला जिल्ला समन्वय समिति प्रमुख र रुकुमपूर्वको एउटा वडामा उम्मेदवारी दिएका उम्मेदवार निर्विरोध भएपछि ४१ पदका लागि निर्वाचन भइरहेको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।