क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको भूकम्प

२०८१ मंसिर २१ गते, शुक्रबार


काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पका कारण दश हजार मानिस बिजुली विहीन भएका छन् । कुनै पनि ठूलो मानवीय र भौतिक क्षति भने नभएको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार केही घरहरुमा सामान्य क्षति पुगेको छ । शक्तिशाली भूकम्प लगत्तै सुनामीको चेतावनी दिईएकोले सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । तर, अहिले सुनामीको चेतावनी हटाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवम् सहायता सामग्री पठाइएको छ । अमेरिकी भूगर्भविद्हरुले यस क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प सामान्यतः नदेखिएको बताएका छन् । उनीहरुका अनुसार हरेक वर्ष विश्वभर ७ म्याग्निच्युडका १० देखि १५ वटा भूकम्प आउने गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्याङ्क अनुसार यस वर्ष विश्वभर ७ म्याग्निच्युडका आठ वटा भूकम्प गइसकेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]