नवनिर्वाचित वडाध्यक्ष साह पदभार ग्रहण समारोहबाटै पक्राउ !

काठमाडौँ। प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्रकुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ गरेको छ । साहलाई स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा बिहीवार प्रहरीले पक्राउ गरेको हो ।
साहलाई डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ । पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ । गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।