खराब सूचीमा पर्नेको संख्या १६ हजार नाघ्यो

२०८१ मंसिर २५ गते, मंगलवार

काठमाडौँ । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिक मसान्तसम्म मात्र १६ हजार भन्दा बढी खराब सूचीमा परिसकेका छन् । खराब सूचीमा पर्नेमध्ये करिब ७० प्रतिशत चेक अनादरका कारण परेका छन् । साथै, केन्द्रका अनुसार समयमा ऋण वा किस्ता नबुझाएर खराब सूचीमा पर्नेहरूको सङ्ख्या बढिरहेको छ । समयमा ऋण भुक्तानी नगर्ने तथा चेक अनादर गर्नेहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सिफारिसमा कर्जा सूचना केन्द्रले खराब सूचीमा राख्ने गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु