नेप्से ६.३२ अंकले घट्यो

काठमाडौँ । नेप्से ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा पुगेको दिन ८७ लाख ६८ हजार कित्ता मात्र बिक्री भएको हो । योसँगै ८५ वटा सेयरको मूल्य बढे पनि १४८ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ । आज बढेका सेयरको वृद्धिदर अधिकतम ७.६७ प्रतिशतसम्म मात्र छ भने ९.९० प्रतिशतसम्म गिरावट दर छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको १८ करोडको सर्वाधिक कारोबार भएको छ ।