नापी विभाग भ्रष्टहरुको अखडा, मन्त्री र सचिव तमासे

२०७१ श्रावण ७ गते, बुधबार

काठमाडौं,७ साउन । भ्रष्ट र घुस्याहा छबि बनाएका नापी विभागका महानिर्देशक नागेन्द्र झा भाद्र महिनामा हुने सरूवाका लागि आपना मातहतका कर्मचारीबाट लाखौं असुल्न थालेका छन् । नापीमा हरेक भाद्र महिनामा कर्मचारीको सरुवा गर्ने प्रावधान रहेको छ । मन्त्रालयबाट काजमा विभाग आएका झा दुइ वर्षदेखि त्यहिं छन् । मधेसवादी दलको आडमा लुट धन्धा मच्चाउदैं आएका झाले आफूलाई कसैले हटाउन नसक्न ध्वाँस दिदैं आएपनि उनि संभवत यहि महिना भित्र हट्ने श्रोतले बताएको छ । झा नेपाल सरकारका कर्मचारीहरु मध्ये र्सवाधिक भ्रष्ट र विवादित कर्मचारीको रुपमा चिनिन्नछन् । महानिर्देशक झा अहिले भदौरे सरुवा अभियानमा टोलिनै बनाएर लागेका छन् । आप\mनो विवादित छविका कारण तत्काल सरुवा हुने सूचिमा रहेका उनि जसरी भएपनि भदौको सरुवाबाट बीसौं लाख असुल्ने अभियानमा रहेको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार झाले मन्त्री र सचिवलाई समेत हात लिएर काम गर्ने तयारी गरिरहेका छन् ।
सरुवाका निम्ति टोलिनै बनाएर लुट धन्धा चलाउन लागेका झाले मालदार नापी शाखामा जानेहरुको सूचि तयार पारेको र कमाइको हिसाबले कम्तीमा एक लाख देखि दुइ लाखसम्म असुल्ने योजना बनाई रहेका छन् । नक्कलि नागरिकता बनाई जन्म मिति सच्याएर जागिर खाईरहेको उजुरी अहिले पनि अख्तियारमा बिचाराधिन छ । अख्तियारले उनको फाईल पल्टाउनसाथ जागीर चटहुने अवस्थामा रहेका झाको करतुत विस्तार-विस्तारै पर्दाफास हुन थालेपछि अख्तियारले समेत सकृयता बर्ढाई रहेको छ । झाले मन्त्री र सचिवको समेत बदनाम हुनेगरी गतिविधि गर्दा पनि भूमी सुधार मन्त्रालय मौन बस्नुलाई भने निकै रहस्यमय ढङ्गले हेरिएको छ ।
महानिर्देशक झा अख्तियारको कार्वाहिमा पर्ने डरले आफूलाई बचाउन विभिन्न सक्ति केन्द्रहरुसँग हारगुहार गर्न थालेका छन् । नक्कलि नागरिकता र जन्म मिति सच्याएको प्रमाणित भए उनि जेल जान सक्ने डरले उनलाई भित्र-भित्रै सताई रहेको छ । अख्तियार सकृय हुनासाथ झाको जागीर जाने श्रोतले बताएको छ ।


प्रतिक्रियाहरु

[anycomment]