त्रिभुवन विश्वविद्यालयमा भएको दलिय भागभण्डा खेदजनक

२०८१ पुष १ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयमा भएको दलिय भागभण्डा खेदजनक भएको जनाएको छ । अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी ले सोमबार एक बिज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयमा भएको दलिय भागभण्डा खेदजनक भएको जनाएका हुन् ।
अध्यक्ष नरेन्द्र सी ले बिज्ञप्तिमार्फ़त् त्रिभुवन विश्वविद्यालयमा दलाल पार्टीहरुको दलिय भागभण्डामा भएका नियुक्तिहरु तत्काल खारेज गर्न र मेरिटका आधारमा १ नम्वरका उम्मेदवारहरुलाई नियुक्ति गर्न माग गरेका छन । साथै उनले विश्वविद्यालयलाई जोगाउन र विकास गर्न चाहने सवै शिक्षाविद्, पत्रकार, वुद्धिजीवी र आम जनतालाई यो हस्तक्षेप र निकृष्ट हर्कतको भण्डाफोर गर्न आह्वान गर्दै यो गलत निणर्य खारेज नभए कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन।
यस बिषयमा अखिल समाजवादीका केन्द्रिय अध्यक्ष नरेन्द्र सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘त्रिभुवन विश्वविद्यालयका ८ वटा डिन र निर्देशकहरुको नियुक्तिमा भएको दलाल पुँजीवादी संसदीय पार्टीहरु कांग्रेस, एमाले र माओवादीको भागभण्डाको हाम्रो संगठन घोर निन्दा, भ्रत्र्सना एवं यसप्रति खेद प्रकट गर्दछौँ । त्रिविलाई दलाल राजनीतिको नांगो भागभण्डाको क्यान्सरवाट मुक्त गर्न हाम्रो संगठन लामो समयदेखि संघर्षरत छ । विश्वविद्यालयमा हुने दलाल राजनीतिको हस्तक्षेपले यसको समग्र विकासमा गम्भिर नकरात्मक असार पारेको सर्वविधितै छ । विश्वविद्यालयलाई शैक्षिक र प्रशासनिक स्वायत्तता दिनपुपर्छ भन्ने हाम्रो माग रहेको छ । त्रिविमा नयाँ नेतृत्व आएपछि यस प्रकारको नांगो भागभण्डाको अन्त्यको अपेक्षा थियो । त्रिवि कार्यकारी परिषदमा भएका केही दलाल राजनीतिक दलका कार्यकर्ता र सरकारमा रहेका पाखण्डी दलालहरुको गठजोडमा त्रिवि फेरि एकपटक दलाल राजनीतिको हस्तक्षेपको सिकार भएको छ । त्रिविमा मेरिटोक्रेसीका आधारमा १ नम्वरमा रहेका उम्मेदवारहरुलाई पन्छाएर पार्टी कार्यकर्ताहरुलाई दलीय भागभण्डाको आधारमा नियुक्ति गर्नु घृणित, पश्चगामी र लज्जास्पद छ ।
तसर्थ हाम्रो संगठन त्रिविमा दलाल पार्टीहरुको दलिय भागभण्डामा भएका नियुक्तिहरु तत्काल खारेज गर्न र मेरिटका आधारमा १ नम्वरका उम्मेदवारहरुलाई नियुक्ति गर्न माग गर्दछौँ । साथै विश्वविद्यालयलाई जोगाउन र विकास गर्न चाहने सवै शिक्षाविद्, पत्रकार, वुद्धिजीवी र आम जनतालाई यो हस्तक्षेप र निकृष्ट हर्कतको भण्डाफोर गर्न आह्वान गर्दछौँ । यो गलत निणर्य खारेज नभए हामी कडा संघर्षमा उत्रिने गम्भिर चेतावनी दिन चाहन्छौँ । ‘

प्रतिक्रियाहरु

[anycomment]