एमालेले दान लिएको जग्गा विवादसम्बन्धी रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले नेकपा एमाले पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गर्ने फैसला सुनाएको छ। व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।