पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं,८ साउन । पृथ्वी राजमार्गको धादिङ खण्डको विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।बैरेनी, मच्छेडीखोला र खयरघारीमा पहिरो खसेपछि राती साढे ३ बजेदेखि गाडीको आवतजावत ठप्प रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।सडक अवरुद्ध भएपछि काठमाडौ भित्रने र बाहिरिने गाडी तथा यात्रु अलपत्र परेका छन् । बैरेनी र मच्छेडी खोलामा खसेको पहिरो डोजर लगाएर हटाउने प्रयास भइरहेपनि पानी परिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ । ३ ठाउँमा पहिरो खसेकाले पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्न सक्ने प्रहरीको भनाई छ ।