हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

२०८१ पुष ४ गते, बिहीबार


काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त प्रहरी टोलीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । भेषराज पाण्डेले सञ्चालन गरेको श्री बालाजी इम्पोर्ट प्रा।लि।मा प्रहरीले खानतलासी एवं चेकजाँच गर्दा नेपाली नगद २६ लाख, ५० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट प्रहरीले ५ थान मोबाइलसमेत बरामद गरेको थियो । पक्राउ पर्नेहरुमा बालाजी इम्पोर्टका सञ्चालक गुल्मी तम्धास–४ का पाण्डे, भारतको राजस्थान श्री ढुगरगढ घर भएका वस्नत कुमार राठी, काठमाडौं–१ कमलपोखरी बस्ने प्रनिश थापा र काठमाडौं–१६ का सुरेश अधिकारी रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार