नेकपा केन्द्रीय प्रतिनिधि समिति बैठक : महासचिवद्वारा प्रस्तुत प्रस्तावमाथि धारणा राख्नेक्रम सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा महासचिव विप्लव सीद्वारा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । बैठकमा १२ वटा समुह विभाजन गरिएकाे थियाे । १२ वटै समूहकाे छलफल सकिएकाे छ ।
छलफल सकिएसँगै समुहका नेताले रिपोर्ट राख्नेक्रम सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय समिति बैठक सम्पन्न भएपछि बिहीबारदेखि केन्द्रीय प्रतिनिधि समिति बैठक बसिरहेको छ । बैठकमा महासचिव विप्लव सीले १७ पृष्ठ लामाे प्रतिवेदन पेश गरेका छन् ।
