वैदेशिक रोजगार विभागमा बिचौलिया रोक्न विद्युतीय गेट निर्माण

२०८१ पुष ९ गते, मंगलवार


काठमाडौँ । वैदेशिक रोजगार विभागमा बिचौलिया रोक्न विद्युतीय गेट निर्माण गरिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले बिचौलियाहरूले आफ्ना सवारी साधनहरू भित्रै राख्ने र त्यहीबाट सेवाग्राहीहरू अनेकन दुख दिने गरेको पाइएकाले त्यसलाई रोक्न विद्युतीय गेट निर्माण गरिएको बताए ।
यसअघि पनि बिचौलिया प्रवेशमा रोक लगाउन विभिन्न उपाय अवलम्बन गर्दै आएपनि ती उपायहरूले सार्थकता नपाएपछि विद्युतीय गेट निर्माण गर्नुपरेको उनको भनाइ छ । विद्युतीय गेट निर्माणपछि एजेन्टहरूको पहिचान गर्न सहज हुने र उनीहरूलाई कार्यालय प्रवेशमा रोक लगाउन सकिने उनको भनाइ छ । यसअघि परिचयपत्र बाहेकलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो ।
निर्देशक सुवेदीले भने – ‘अबदेखि भित्र प्रवेश गर्ने सबैको इन्ट्री गेटमै हुन्छ । गार्डलाई बस्नका लागि सानो घर बन्दैछ । त्यहीबाट सबैको इन्ट्री हुन्छ । कोही मान्छे लगातार ४/५ दिनसम्म आउन थाल्यो भने बिचौलिया हुन सक्छन्। ’
विभागले एजेन्ट तथा बिचौलियाहरू प्रत्येक कर्मचारीको कुर्सीसम्मै पुगेर काममा प्रभाव पार्न थालेपछि कडाइ गर्न थालेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु