माओ त्सेतुङले देखाएको बाटोमा अघि बढौं

२०८१ पुष ११ गते, बिहीबार


काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले माओ त्सेतुङले देखाएको बाटोमा अबचलित भएर अगाडि बढ्नु पर्ने बताएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले ३२औं माओ दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।
यस बिषयमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘ आज विश्व सर्वहारा वर्गका महान् नेता , चिनिया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष ,महान् चिनिया नयाँ जनवादी क्रान्तिका सर्वोच्च कमाण्डर , चिनिया वैज्ञानिक समाजवादका संस्थापक तथा माओवादका प्रवर्तक कमरेड माओ त्सेतुङको १३१ आौ जन्म दिवस । आजकै दिन अर्थात् सन १८९३ डिसेम्बर २६ का दिन चीनको हुनान प्रान्तको श्याङश्यान काउन्टीको शाओसान गाउँमा एक किसान परिवारमा कमरेड माओ त्सेतुङको जन्म भएको थियो । आज विश्वभरका सामन्तवाद र साम्राज्यवाद तथा उत्पीडित राष्ट्र , जनता तथा क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु आम मुक्तिकामी जनसमुदायले कमरेड माओ तसेतुङको १३२ औं जन्म दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र कमरेड माओ त्सेतुङको प्रति उच्च सम्मान प्रकट गर्दै उहाँको १३१ जन्म दिवस प्रति ऐक्यबद्धता जाहेर गर्दछ र कमरेड माओ त्सेतुङले देखाएको बाटोमा अबचलित भएर अगाडि बढ्ने बचनबध्दता व्यक्त गर्दछ ।
आज साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युगमा कमरेड माओ त्सेतुङद्वारा प्रतिपादित गर्नु भएको दार्शनिक सिध्दान्त माओवाद र उहाँले मार्क्सवादका तीन संघटक अंग दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमाथि गर्नु भएको विकास र प्रयोगबाट शिक्षा लिदै माओवाद रको प्रयोग , विकास र संरक्षण गर्ने प्रतिबध्दता जाहेर गरेर मात्र कमरेड माओ त्सेतुङको १३१ आौं सच्चा जन्म दिवस मनाएको ठहर्नेछ भन्ने हाम्रो संगठनको ठहर छ । ‘

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु