भारतीय विदेश मन्त्री स्वराज नेपाल आउदै

२०७१ श्रावण ९ गते, शुक्रबार


काठमाडौ, ९ साउन । भारतकी विदेशमन्त्री सुष्मा स्वराज तीन दिने भ्रमणका क्रममा शुक्रबार बेलुकी ६ बजे काठमाडौ आउँदै छन् । उनको भ्रमणका क्रममा ५ वटा विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राजनीति, सुरक्षा, सीमा र सीमा व्यवस्थापनलाई पहिलो सूचिमा राखिएको छ भने आर्थिक सहयोग र पूर्वाधार दोस्रोमा छन् ।
त्यस्तै व्यापार तथा पारवहन तेस्रो, उर्जा र जलस्रोत चौथो तथा संस्कृति, शिक्षा र मिडियालाई पाँचौ प्राथमिकतामा राखिएको छ । यी विषयमा दुवै देशका विज्ञहरुको सहभागितामा छलफल हुनेछ । २३ वर्षपछि विदेश मन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको बैठक बस्न लागेको हो । सन् १९८७ मा स्थापना भएको आयोगको सन् १९९१ मा दोस्रो बैठक बसेयता बैठक बस्न सकेको छैन् । बैठक भोलि १० बजे शुरु हुने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता दीपक धितालले जानकारी दिए । भ्रमणका क्रममा भारतीय विदेश मन्त्री स्वराजले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेतासँग भेट गर्नछन् । भारतीय विदेशमन्त्री स्वराजको भ्रमणलाई साउन १८ गते हुने प्रधानमन्त्री नदेन्द्र मोदीको भ्रमणको तयारीको रुपमा पनि लिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु