पुँजीवादले शिक्षामा हात हालेपछि शिक्षा क्षेत्र तहसनहस

२०८१ पुष १२ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पुँजीवादले शिक्षामा हात हालेपछि शिक्षा क्षेत्र तहसनहस भएको ठोकुवा गरेका छन्। गत मंगलबार सो पार्टीनिकट अखिल (समाजवादी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले ज्ञान र श्रमलाई जसले संगसंगै जोड्न सक्छ त्यहीँ अगाडी आउने बताउदै युवा विद्यार्थीले महत्वपूर्ण ज्ञान हासिल गरि श्रममा जोड्नु पर्ने अहिलेको आवस्यकता रहेकाले त्यतातिर ध्यान दिन निर्देशन दिए । उनले पुँजीवादले शिक्षामा हात हालेपछि शिक्षा क्षेत्र बिग्रेको भन्दै शैक्षिक क्षेत्र सुधारको निम्ति अखिल (समाजवादी) ले संघर्ष छेडनु पर्ने बताए ।
यसैगरी, महासचिव विप्लव सीले नेपालको अहिलेको शिक्षा प्रणालीले युवा विद्यार्थीको आवस्यकतालाई जोड्न नसकेले यो प्रणालीलाई बदलेर नेपालको माटो सुहाउँदो ,नेपाली युवा विद्यार्थीलाई श्रम र रोजगारीसंग जोड्ने शिक्षा निति ल्याउनु पर्ने र त्यो नितिको खाका नेकपासंग रहेको बताए।
यसैगरी, महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनलाई हमला गर्न अमेरिका युरोपियनहरुले नेपालमा विभिन्न पात्र खडा गरिरहेकोले त्यस्ता योजनाहरुलाई निस्तेज पार्दै कम्युनिस्ट आन्दोलन पुनर्ताजगी गर्न सबै सच्चा कम्युनिस्टहरु एक हुनुपर्ने बेला भएको बताए। उनले अर्थतन्त्रसहितको राजनीति आजको आवस्यकता रहेकाले युवा विद्यार्थीहरु उत्पादन कार्य संगसंगै क्रान्तिमा होमिनु पर्ने बताए।
यसैगरी, महासचिव विप्लव सीले आगामी फागुनमा हुने त्रिभुवन विश्वविद्यालयको निर्वाचनमा सहभागी भएर अखिल (समाजवादी) ले आफ्नो मुद्दा एजेन्डा देशैभरिका क्याम्पस कलेजहरुका विद्यार्थी माझ पुर्याएर विजय हासिल गर्न निर्देशनसमेत दिए ।
उक्त बैठकमा नेकपाका पोलिटब्यूरो सदस्य तथा चितवन माडी उत्पादन शाखा प्रमुख सन्देश सी ले अखिल (समाजवादी) को पहिलो मुद्दा विद्यार्थीको समस्या उठान गर्नुपर्ने भएकाले कलेज क्याम्पसमा पुगेर विद्यार्थीहरुको समस्या उठान ,उजागर गर्दै एक इकाई एक उत्पादनको निति लिएर अगाडि बढ्न सुझाव दिए। उनले पुँजीवादी बिचारधारा र दर्शनमा कोही आकर्षित नहुने भन्दै नेकपाको निति र बिचार नै अहिलेको सबैभन्दा उत्कृष्ट बिचार रहेकाले नेकपा नै सबैभन्दा उत्कृष्ट विचार,दर्शन ,कार्यदिशा भएको पार्टी रहेको दावी गरे।


यसैगरी, उक्त बैठकमा नेकपा चितवनका इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य उत्सव सी,नेकपाका केन्द्रीय सदस्य चितवन जिल्ला सेक्रेटरी रुद्र सी,उक्त संगठनका पूर्व उपाध्यक्ष लाल बाहदुर (तामाङ) सी ले बैठक सफलता सहितको शुभकामना दिएका थिए।
यसैगरी, उक्त बैठकमा अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीले दोस्रो बैठकदेखि तेस्रो बैठक =सम्म आइपुग्दा संगठनले राजनीतिक,शैक्षिक ,आर्थिक ,श्रम उत्पादनको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउदै नेपालका सवै विद्यार्थी संगठनहरु भन्दा अखिल (समाजवादी) देशकै उत्कृष्ट विद्यार्थी संगठनको रुपमा दर्ज भएको बताए । उनले संगठनका सबै तहमा रहेका नेता कार्यकर्ताले नयाँ खोज,अध्ययन,अनुसन्धानमा सहभागी हुँदै ज्ञान सीप क्षमता हासिल गरेर अगाडी बढ्नुपर्ने बताए।
यसैगरी, अध्यक्ष नरेन्द्र सीले आगामी फागुन १५ गते हुने भनिएको स्ववियु निर्वाचन मा अहिलेको शिक्षा प्रणाली,अखिल समाजवादीले स्थापना गर्ने भनेको शिक्षा निति, नेकपाको निति बिचार योजना हजारौं हजार विद्यार्थी बीच सम्प्रेषण गर्दै विद्यार्थीको समस्या उठान उजागर गर्दै यो देशका दलाल भ्रष्ट हरुको खराब कामको भन्डाफोर गर्दै सहभागी भएर बिजय हासिल गर्न निर्देश दिए।


उक्त बैठकले अखिल (समाजवादी) को सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी फागुन १५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भाग लिने निर्णय गरेको छ। सोही अनुसार पुस २५ सम्म प्रदेश,जिल्ला ,इकाई सम्मका बैठक सम्पन्न गरि क्याम्पस केन्द्रीय अभियान केन्द्रित गर्ने,स्ववियु बारे क्याम्पस कलेजहरु बहस ,छलफल ,अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।साथै अखिल (समाजवादी) ले संगठनको धारणा सहितको स्ववियु केन्द्रित घोषणा पत्र तयार गर्ने निर्णय पनि गरेको छ। साथै शैक्षिक क्षेत्रमा देखिएका खराबी ,बेथिति विकृति ,विश्वविद्यालयहरुमा हुने राजनीतिक भागबन्डा,राजनीतिक हस्तक्षेपका विरुद्ध संघर्ष गर्ने ,शैक्षिक संस्थाहरुमा रचनात्मक क्रियाकलाप गर्ने निर्णय लिएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]