महासचिव विप्लव सी र नेता श्रेष्ठबिच माओवादी एकताका बिषयमा छलफल

२०८१ पुष १३ गते, शनिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीसंग शुक्रबार साँझ भेट गरेका छन् । महासचिव विप्लव सी निवास हरिसिद्धिमा भएको भेटमा दुई नेताबीच माओवादी एकताका बिषयमा छलफल भएको बताइएको छ।
उक्त भेटवार्ता पछि नेता श्रेष्ठले महासचिव विप्लव सीसंग माओवादी जनयुद्धको स्कूलिङबाट आएका नेताहरूका बीचमा एकता हुनुपर्ने बिषयमा छलफल भएको खुलासा गरे। उनले आफु कम्युनिष्टहरूका बीचमा सहकार्य र एकता नै हुनुपर्ने पक्षमा रहेको बताए । उनले भने- ‘सबै कम्युनिष्टहरूका बारेमा सहकार्य र एकता हुनुपर्छ भन्ने कुरा हामी सबैको हो। आज पनि हामीले यही कुराकानी गर्‍यौँ ।’

प्रतिक्रियाहरु

[anycomment]