भारतीय विदेशमन्त्री स्वराज काठमाडौमा

२०७१ श्रावण ९ गते, शुक्रबार


काठमाडौ, ९ साउन ।भारतीय विदेशमन्त्री सुष्मा स्वराज विशेष विमानबाट स्वराज साँझ ६ बजे नेपाल आएकी छिन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन स्वराज आएकी हुन् । बैठक शनिबार काठमाडौमा हुनेछ । विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री स्वराजले भनिन्,’ म भारतमा नयाँ सरकार गठनपछि पहिलोपटक नेपाल आएको हुँ,’ भारतको प्राथमिकतामा नेपाल उच्चस्थानमा रहेको उल्लेख गर्दै उनले भनिन्, नेपाल सँधै भारतको लागि उच्च प्राथमिकतामा रहेको मुलुक हो।’
भारतको विशेष चासोसहित हुन लागेको यो बैठक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा दुई देशबीच हुने सहयोग तथा व्यापार सम्बन्धी सम्झौताहरुमा केन्द्रित हुने जनाइएको छ ।दुई दिनसम्म चल्ने बैठकमा नेपाल र भारतबीच जलस्रोत, आर्थिक सहयोग, व्यापार तथा पारवहन, सीमा व्यवस्थापन र सुरक्षाको क्षेत्रमा गहन छलफल हुने छ । बैठकमा सुपुर्दगी सन्धी र सीमा नक्साको विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु