उर्जा सम्झौता राष्ट्रघाती : गणतान्त्रिक पार्टी नेपालवाद
काठमाडौ । नेपाल सरकार र भारतवीच हुने भनिएको विवादित उर्जा सम्झौताप्रति गणतान्त्रिक पार्टी नेपालवादले गभिर आपत्ति प्रकट गरेको छ ।गणतान्त्रिक पार्टी नेपालवादले आज एक प्रेस विज्ञप्ती जारी सो आपत्ति जनाएको हो । विज्ञप्ती मार्फत उक्त पार्टीले नेपालको जलविद्युत र उर्जा भारतलाई एक पक्षीय रुपमा सुम्पने उद्वेश्यका साथ गर्न लागिएको यो राष्ट्रघाती सम्झौता गर्ने सम्पूर्ण प्रकृया तत्काल रोक्न उक्त पार्टीले जोड दार माग गरेको छ ।
गणतान्त्रिक पार्टी नेपालवादका अध्यक्ष अखण्डदीप र महासचिव संकल्पले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – “नेपाल सरकार र भारतवीच हुने भनिएको विवादित उर्जा सम्झौताप्रति गणतान्त्रिक पार्टी नेपालवादको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको जलविद्युत र उर्जा भारतलाई एक पक्षीय रुपमा सुम्पने उद्वेश्यका साथ गर्न लागिएको यो राष्ट्रघाती सम्झौता गर्ने सम्पूर्ण प्रकृया तत्काल रोक्न हाम्रो पार्टी सम्बन्धीत पक्षसँग जोडदार माग गर्दछ नेपाल सरकार र भारतवीच हुने भनिएको विवादित उर्जा सम्झौताप्रति गणतान्त्रिक पार्टी नेपालवादको साथै सम्झौताको धारा —३ को उपधारा ख मा— उल्लेख गरिएको ठोस रुपमा ,पक्षहरु नेपालको जलविद्युत क्षमता प्रभावकारी रुपमा विकासका लागि सहज एवम् द्रुत गतिमा नेपालमा १०० प्रतिशत भारतीय लगानी वा भारतीय निकायहरुसँग संयुक्त रुपमा जलविद्युत परियोजनाहरु निर्माण गर्न सहयोग गर्नेछन् भन्ने बुँदाप्रति हाम्रो पार्टी कडा आपत्ति प्रकट गर्दै यस्ता राष्ट्रघाती सन्धी सम्झौता नगर्न समेत सरकार तथा सम्बन्धीत पक्षसँग जोडदार माग गर्दछ । साथै धारा ३ कै उपधारा ग मा लेखिएको “नेपालमा विकसित जलविद्युत परियोजनालगायतका परियोजनावाट उत्पादित अतिरित्त उर्जा ,जो नेपालका लागि आवश्यक पर्ने उर्जावाट बचेको ,इच्छुक भारतीय निकायहरुलाई बिक्रि गर्न परस्परमा मञ्जुर शर्त तथा बन्दोबस्तको आधारमा नेपाल सरकार तथा खरिद गर्न भारत सरकारले सहज गर्ने छन् । नेपालले भारतलाई बिक्रि गर्ने उर्जाको दर लगानी खर्च ,संचालन तथा ब्यवस्थापन खर्च ,भारतमा भएको उस्तै किसिमका परियोजनाहरुमा लागु हुने खियावटलगायत परियोजनाको लागत ,प्रचलित बजारको अवस्था तथा अन्य सम्बन्धीत कारकपक्षका आधारमा महशुल तथा नियमक निकायहरुले परस्परमा निर्धारण गरे बमोजिम हुनेछ” भन्ने प्रावधानप्रति पनि हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । त्यस्तै धारा ८ मा उल्लेखित “यो सम्झौता यसमा हस्ताक्षार भएको मितिदेखि लागु हुनेछ तथा १० बर्षका लागि कायम रहनेछ ,तथा त्यसपछि कुनै पक्षले सम्झौता भंग गर्ने उद्वेश्यले तीन महिना अगावै लिखित सूचना दिएमा बाहेक स्वत ः थप १० बर्षको लागि नवीकरण हुनेछ” भन्ने एकलौटी सम्झौताप्रति हाम्रो पार्टी निन्दा गर्दै सम्पूर्ण न्यायप्रेमी नेपाली जनसमूदायलाई यस उर्जा सम्झौताको विरुद्वमा लागेर नेपालको उर्जा तथा जलविद्युत भारतीय विस्तारवादको पंजामा पर्नवाट जोगाउन हुन यसै प्रेस विज्ञप्तीमार्फत अपिल गर्दछौँ ।
साथै तीन तीन महिनासम्म पनि भारत सरकारको तर्फवाट आएको उर्जा सम्झौताको पत्रलाई गोप्य राखी नेपालको उर्जा र जलविद्युत भारतको हातमा सुम्पन खोज्ने देशद्रोही ,राष्ट्रघाती ,जनघाती,जनगद्वार ,उर्जा माफियाको भूमिका खेल्ने कथित उर्जा मन्त्री राधा ज्ञवालीलाई मन्त्री पदवाट बर्खास्त गरी राष्ट्रघात तथा देशद्रोहको मुद्वा चलाई अविलम्ब देश निकाला गर्न जोडदार माग गर्दछौँ । त्यस्तै मन्त्रीको मतियार बनी तीन तीन महिनासम्म उर्जा सम्झौता बेखर बनाई लुकाउने दलाल तथा उर्जा सचिवलाई समेत उही प्रकृतिको मुद्वा चलाई कार्वाही गराउन दवाव दिनु हुन सम्पूर्ण नागरिक समाज , बुद्विजीवी ,विद्यार्थी ,किसान ,पत्रकार ,मजदुर ,निर्माण व्यवसायी ,कानून व्यवसायी लगायत राज्यको सबै तह र तप्कामा रहेर देशलाई माया गर्ने सम्पूर्ण सबैमा यसै प्रेस विज्ञप्तीमार्फत विनम्र अनुरोध गर्दछौँ ।”