इजरायल द्वारा हमासले बन्दी रिहा नगरे फेरि युद्ध सुरु गर्ने चेतावनी

२०८१ माघ ३० गते, बुधबार


काठमाण्डौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन् । हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप लगाएपछि नेतन्याहुले यस्तो चेतावनी दिएका हुन् ।
नेतन्याहुको प्रतिक्रियापछि हमासले भने आफू युद्ध विरामका लागि तयार भएको तथा कुनै ढिलाइ तथा जटिलता आए यसमा इजरायल नै जिम्मेवार हुने बताएको छ । यस साता ढिलाइ हुनुको पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँग सम्बन्धित रहेको जनाइएको छ। राष्ट्रपति ट्रम्पले शनिबार सबै बन्दी रिहा गर्नुपर्नेमा जोड दिएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]