‘माक्र्सवाद समस्या हाेइन समाधान हाे’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले माक्र्सवाद भनेकाे समस्या नभई समाधान भएको ठोकुवा गरेका छन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोककाे साताै पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले माक्र्सवाद समस्या नभई समाधान भएको बताउदै माक्र्सवादले हरेक समस्या समाधान गर्ने बताए ।
प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्ति भनेको भविष्यकाे सम्भावना र चुनौतीको संयोजन भएको हुँदा सशक्तरुपमा सबै नेता कार्यकर्ता उत्साही भएर अगाडि बढ्नु पर्ने बताउदै एकीकृत जनक्रान्तिका लागि पार्टी संगठनलाई सुदृढ र बिस्तार गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरि पार्टी सांगठन, जबस र सबै माेर्चाहरु काम इमान्दारीपुर्वक गर्न सबैलाई निर्देशन समेत दिए । उनले देशको वर्तमान आवश्यकतामा ध्रुवीकरण, एकता र मोर्चाबन्दी / सहकार्य हाम्राे कार्यनीति संग मिल्ने संग गर्दै अगाडि बढाउनुपर्ने बताउदै बैठकका सहभागीलाई सोही अनुसार अगाडि बढ्न निर्देशनसमेत दिए ।
प्रवक्ता प्रकाण्ड सीले इतिहासकाे रक्षा गर्न निकै गम्भीर भएर प्रस्तुत हुनुपर्ने र हरेक समस्याको सचेततापूर्वक पहल लिएर अगाडि बढ्नु पर्ने बताए । उनले बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरु उच्च मनाेवल सहित ऊर्जावान भएर पार्टीका आगामी योजना सत प्रतिशत लागू गराउने उद्देश्यका साथ अघि बढ्न निर्देशन समेत दिए ।

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले समाजमा देखिएको निराशको प्रमुख कारण विद्यमान व्यवस्था भएको तथ्य प्रस्तुत गर्दै यसको विकल्पमा समाजवादी क्रान्ति देशको आवश्यकता भएको ठोकुवा गरे। उनले २०८४ सालमा हुने निर्वाचन देश र जनताका विरुद्धको षड्यन्त्रको रुपमा हुन नदिन एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा नेपाल कम्युनिष्ट पार्टी पनि ०८४ को निर्वाचनमा सहभागी हुने बताउदै ०८४ मा हुने निर्वाचनको तयारी गर्न बैठकका सहभागी नेतालाई निर्देशन समेत दिए।
यसैगरी, उक्त बैठकलाई सम्बोधन गर्दै नेकपाको केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सीले केन्द्रीय समितिले अघि सारेको निर्णयहरु अक्षस पालना गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउदै सबै बैठकमा सहभागी सबै तहका नेता कार्यकर्ताहरु पनि गर्न आग्रह गरे ।उनले नयाँ परिस्थिति अनुसार जिल्ला पार्टी र संगठन सुदृढ र शुद्धीकरण गर्दै जनतामा पार्टी स्थापित गर्नु पर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका सेक्रेटेरी साेनाम सीको अध्क्षतामा बसेको उक्त बैठकमा नेकपाका केन्द्रीय सदस्य धिरेन्द्र सि ,केन्द्रीय प्रतिनिधि सदस्यहरु किरण सी ,सुमन सी र सविन सीकाे सहभागीता रहेको थियो ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सी र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखबिच जिल्लाकाे समसामयिक विषय र वर्तमान देशकाे परिस्थितिका सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको बताइएको छ ।