भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

२०७१ श्रावण १८ गते, आईतवार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आइपुग्दै छन् । मोदीको भ्रमणको जति चर्चा परिचर्चा भए पनि उनको भ्रमण ऐतिहासिक हुन् नसक्ने छनक देखिइ सकेको छ । बिगतमा भारतसँग भएका असमान सन्धि, सम्झौताहरू खारेज गर्नुपर्ने र नयाँ सम्झौता गर्दा नेपालका सबै राजनीतिक दलहरूबीच र्सबदलीय सहमति गरेर मात्र अघि बढ्नु पर्ने माग चौतर्फी उठे पछि मोदीको भ्रमण औचित्यहीन हुने देखिएको छ । सत्तासीनलगायत प्रायः सबै दलहरू बिगतको असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने र नयाँ सम्झौता गर्दा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा एकमत भए पछि भारतीय प्रम मोदी पशुपतिनाथको प्रसाद मात्र लिएर स्वदेश र्फकनुपर्ने भएको छ । नेकपा – माओवादीलगायत ३३ दलले मोदी भ्रमणका समयमा विभिन्न राष्ट्रघाती सम्झौता हुन् सक्ने भन्दै आन्दोलित भए पछि यस्तोस्थित आएको हो । अब मोदीले नेपाल भ्रमणका क्रममा विद्युत् व्यापार सम्झौता, माथिल्लो कर्लीलि वा सुपर्ुदगीलगायतका कुनै पनि सन्धिसम्झौता नगरी रित्तो हात र्फकनु पर्ने स्थिति देखिन्छ ।
यसैबीच, आज नेपाल आइपुग्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १९ तोपको सलामी दिइने भएको छ । मोदी अन्तर्रर्ााट्रय विमानस्थलमा अवतरण गर्दा नेपालीले सेनाले १९ तोपको सलामी दिने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी मोदी भ्रमणका केही कार्यक्रम र्सार्वजनिक गरेको हो । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले १७ वर्षछि हुन लागेको भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणलाई राजकीय सम्मान प्रदान गर्ने निर्ण्र्ााभएको बताए । मोदीलाई स्वागत गर्न प्रधानमनत्री कोइराला आफैँ अति विशिष्ट कक्षमा पुग्ने छन् । त्यसपछि मोदीलाई नेपाली सेनाको विशेष टुकडीले सम्मान गारत अर्पण गर्नेछ । विमानस्थलबाट मोदी बौद्धमा रहेको होटल हायातमा गई आराम गरेर दिवा भोजमा सरिक हुनेछन् । आज नै मोदीले प्रधानमन्त्री कोइरालासँग सिंहदरबारमा भेट गरी गर्न व्यवस्थापिका संसद्लाई सम्बोधन गर्ने कार्यक्रम बनाइएको छ । मोदीले सोमवार शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट्नेछौँ । सोमबार मोदीले पशुपतिमा पूजा गरेपछि राष्ट्रपतिलाई भेट्ने परराष्ट्रमन्त्री पाण्डेले जानकारी दिए । विशेष पूजाका लागि मोदीसँगै केही पूजारी पनि आउनेछन् ।
यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा भीभीआइपीको सुरक्षा कारण देखाएर सडक रित्तो पार्न नाममा सुरक्षा निकायबाट र्सवसाधारणले सास्ती पाउने भएका छन् । मोदीको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने निर्ण्र्ाानुसार राजधानीमा एक हप्ताअघिबाट नै विशेष सुरक्षा योजना लागू गरेको छ । सादा पोसाकमा प्रशस्तै सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित गुप्तचर विभागका भिन्नाभिन्नै टोलीलाई काठमाडौँ उपत्यकाका मुख्य-मुख्य स्थानमा खानतलासी र पक्राउ गर्ने अधिकारसहित परिचालन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि नेपालले सुरक्षायुक्त बुलेट ब्रुफ गाडी उपलब्ध गराउन नसक्दा मोदीले उतैबाट गाडी ल्याएका छन् । हुन त प्रधानमन्त्री कार्यालयसँग दर्ुइटा बुलेटप्रुफ गाडी छन् तर भारत पक्ष त्यसमा विश्वस्त नभएपछि मोदीले भारतमा चट्ने गाडी नै यता ल्याएका छन् । सुरक्षाको दृष्टिकोणले सुविधा सम्पन्न सो गाडी दर्ुइटा ल्याएका छन् । भारतीय आर्मीको विशेष विमानबाट क्यामर भएको तथा प्रधानमन्त्री चढ्ने बीएमडब्लु दर्ुइटा गरी तीनवटा गाडी नेपाल आइसकेका छन् । भारतमा जेड दर्ुइ सुरक्षा पाइरहेका प्रधामन्त्री मोदी यहाँ नेपालमा पनि त्यही सुविधा दिने तयारी भइरहेको छ । प्रधानमन्त्री मोदीलाई सुरक्षा दिने जिम्मा नारायणहिटीस्थित सेनाको विशेष सुरक्षा दलले लिएको छ । प्रधानमन्त्री मोदी चढ्ने गाडी हर्ेनका साधारण भए पनि सुविधा युक्त रहेका छन् । त्यो गाडीको सबभन्दा महत्वपूण पक्ष के रहेको छ भने गाडी जति ‘स्पीड’ मा भए पनि चाहेको बेलामा ३६० ड्रि्रीमा गाडीलाई सिधै र्’र्टन गर्न सकिन्छ । ‘बुलेटप्रुफ’ गाडी त हो नै अर्को महत्वपूण पक्ष भनेको सवार गाडीमाथि कतैबाट हमला हुने सम्भावना भयो तलबाट नै त्यो गाडीको ढोका खोल्ने सुविधा छ जहाँबाट सुरक्षित तरिकाबाट निस्केर सुरक्षित स्थानमा जान सक्छ । प्रधानमन्त्री मोदी चढ्ने गाडीको पछिपछि हिँड्ने मल्टी युटीलिटी भेकल -गाडी) हुनेछ जसलाई क्यामर कार भनिन्छ । त्यो कारको ५० मिटर वरिवरी मोवाइलको नेर्टवर्क हुने छैन । त्यो कारमा कुनै ठाउँमा जमीन मुनी बम गाडिएर राखिएको छ भने त्यसमा जडित एन्टी माइन्स इन्डिकेटरले संकेत गर्नेछ । गाडी हिँड्ने वरिवरी कतैबाट गाडी माथी मिसाइलबाट हमला हुने भयो भने त्यसअघि नै त्यसमा जडित एन्टी मिसाइल सेकुरेट्री सिस्टमले जानकारी दिनेछ । र सोही गाडीभित्र बम डिस्पोजल टोली समेत रहने व्यवस्था छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु